काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ।
चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी सावित्रा भण्डारी (साम्बा)बाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
साम्बा प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा १०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० एमबीपीएसको मूल्य ८ हजार ५०० रुपैयाँ (कर सहित) बाट सुरू हुनेछ।
भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता ‘साम्बा प्याक’का मुख्य मूल्यहरू गति, शक्ति र भरपर्दोपनको प्रतिविम्ब रहेको कम्पनीले जनाएको छ ।
यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो सेवा आइतबार (मार्च ९ मा) सार्वजनिक गरिँदैछ।