क्लासिक टेकको नारी दिवस अफर, इन्टरनेट जडानमा ५० प्रतिशत छुट

काठमाडौं । क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस-२०२५ को अवसरमा उद्यमी महिलाहरूको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ।

महिला उद्यमीलाई लक्षित गर्दै ल्याएको यस अफर अन्तर्गत कम्पनीले विभिन्न प्याकेजका इन्टरनेट जडानमा ५० प्रतिशत छुट दिने भएको हो ।

कम्पनीका अनुसार यस उद्यमी प्याकेज अनुसार ६० एमबीपीएसको इन्टरनेट ८ हजार ९७५ रुपैयाँमा जडान गर्न सक्नेछन् ।

त्यस्तै, १२० एमबीपीएस वार्षिक जडान ३४ हजार २२२ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १११ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज ५० प्रतिशत छुटमा वार्षिक २३ हजार ९७ रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर पाउनका लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनुपर्ने छ। उद्यमी प्याकेजमा पब्लिक आइपी, फाइभ जी डुबल ब्याड राउटर र अनलिमिटेड एफयूपी पनि समावेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् ।

यो अफर मार्च १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

चीनले चक्रपथ विस्तारको काम चाँडै थाल्ने, नेपालले सर्भिस लेन बनाउँदै Read Previous

चीनले चक्रपथ विस्तारको काम चाँडै थाल्ने, नेपालले सर्भिस लेन बनाउँदै

ग्लोबल आइएमई बैंकले महिला उद्यमीलाई न्यूनतम् ब्याजदरमा १० करोड ऋण दिने Read Next

ग्लोबल आइएमई बैंकले महिला उद्यमीलाई न्यूनतम् ब्याजदरमा १० करोड ऋण दिने