काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २७ औं वार्षिक साधरण सभा आज आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।
बैंकको सभाले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । पूँजी कोषको दबाब भएपछि एनआइसीले अगधिकार सेयर जारी गर्ने प्रस्ताव सभामा लगेको थियो ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी पारित गरेका छ ।
साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।