काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिँदै छ । गभर्नर महाप्रसाद २०७६ चैत २४ गते ५ वर्षका लागि नियुक्त भएका थिए । त्यसैले सरकारले नयाँ गभर्नर नियुक्त प्रक्रिया अघि बढाएको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब सिफारिस समितिले आवेदन माग गरी अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सिफारिस भएका ३ मध्ये एकजनालाई सरकारले गभर्नरमा नियुक्त गर्नेछ ।