एमबीएल इक्विटी फण्डमा आवेदन खुल्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्धक र माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डमा आवेदन खुलेको छ ।

क्यापिटलले आजदेखि प्रतिइकाई १० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड युनिट इक्विटी फण्ड बिक्रीमा ल्याएको हो ।

उक्त म्युचुअलफण्ड १२ वर्षे अवधिको बन्दमुखी योजना हो । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त बन्दमुखी योजनामा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै इकाई बिक्री नभएमा ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन पाइने छ । बन्दमुखी यस योजना दोस्रो बजारमा सूचीकृत भइ करोबारमा आउनेछ ।

आइएमई समूहको ६६.३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरू Read Previous

आइएमई समूहको ६६.३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरू

नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्यो, सिफारिस समिति बनाउने निर्णय Read Next

नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्यो, सिफारिस समिति बनाउने निर्णय