वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा १०० बढी औषधि उत्पादन गर्ने उद्योग स्थापना

वीरगञ्ज (पर्सा) । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा १ अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए ।

उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए ।

‘कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लाण्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ,’ उनले भने।

कम्पनीमा हाल ३५०भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा १ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा १ अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।रासस

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो Read Previous

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो

आइपीओ ल्याएको क्रेष्ट माइक्रोमा हिमालयन रिदेखि कन्स्ट्रक्सनसम्मको लगानी, कसको कति ? Read Next

आइपीओ ल्याएको क्रेष्ट माइक्रोमा हिमालयन रिदेखि कन्स्ट्रक्सनसम्मको लगानी, कसको कति ?