१० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न ६ अडिट फर्म सर्टलिस्ट

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंककको बाह्य लेखा परीक्षण गर्नका लागि ६ लेखा परीक्षक (अडिट फर्म) सर्टलिष्ट गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सहयोगमा गर्न लागिएको बाह्य लेखा परीक्षणका लागि नेपाल राष्ट्र बैंकले ६ अडिट फर्म छनोट गरेको हो ।

राष्ट्र बैंकले ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू (एलपीआर)का लागि गत पुस २९ गते आशयपत्र माग गरेको थियो । त्यसमा आवेदन दिएकामध्ये ६ कम्पनी सर्टलिस्ट गरेको हो ।

राष्ट्र बैंकका अनुसार श्रीलंकाको डेलोइट पाट्र्स, बंगालदेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी, एमएसकेए एण्ड एसोसियट्स छनोट भएका छन् । त्यसैगरी, नेपाल र भारतको ज्वाइन्ट भेन्जर्स रहेको जीभी मेहेरा जेकेएसएस, एमएसकेए एण्ड एशोसियटस् र एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २०८१ साउनमै १० ठूला बैंकको बाह्य लेखा परीक्षणका लागि भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई छनोट गरेको थियो । तर, केपीजीले पेश गरेको आर्थिक प्रस्ताव अस्वीकृत भएको भन्दै राष्ट्र बैंकले भदौ अन्तिम साता बाह्य लेखा परीक्षण कार्य नै रद्द गरेको थियो । त्यसपछि, अहिले फेरि नयाँ प्रक्रियाबाट ६ कम्पनी सर्टलिस्ट गरेको हो । अब यिनै ६ अडिट फर्मबाट एउटा संस्था छनोट गरिने छ ।

नेपालका बैंकहरूको कर्जाको गुणस्तरमा आशंक लागेपछि आइएमएफले आफ्नै सहयोगमा बाह्य लेखा परीक्षण गर्न सरकारकालाई भनेको थियो ।

बाह्य लेखा परीक्षणमा ठूला बैंकहरूले कर्जा लगानी गर्दा लिएको धितोको मूल्यांकन गर्ने, ऋण तिर्नका लागि ऋण लिने परिपाटी भए/नभएको, कर्जा केन्द्रीकृत भए/नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ भन्ने लगायत परीक्षण गरिन्छ ।

सन् २०२१ डिसेम्बर २२ मा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।

त्यसपछि आइएमएफले नेपाललाई शर्तसहित ३८ महिनाको लागि प्राप्त हुने गरी ३९ करोड ८८ लाख डलरको सहयोग गर्ने बताएको थियो । आइएमएफले नेपालका १० ठूला बैंकहरूको अन्तर्राष्ट्रिय अडिट फर्मले स्थलगत निरीक्षण गर्ने शर्त राखेको थियो । नेपालले आइएमएफलाई पेश गरेको ज्ञापनपत्रमा २०२३ मार्च भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने बताए पनि ईसीएफको कार्यान्वयनमा भएको ढिलाईसँगै केहीपछि धकेलिएको थियो ।

अहिले आइएमईकै शर्त अनुसार राष्ट्र बैंकले फेरि १० ठूला बैंकको बाह्य लेखा परीक्षण गराउने प्रक्रिया अघि बढाएको हो ।

 

राष्ट्रिय आविष्कार केन्द्रले बनाइदियो अस्पतालका ५०० उपकरण, २४ करोड लाग्ने काम २३ लाखमै Read Previous

राष्ट्रिय आविष्कार केन्द्रले बनाइदियो अस्पतालका ५०० उपकरण, २४ करोड लाग्ने काम २३ लाखमै

माथिल्लो राहुघाट जलविद्युत् निर्माण अन्तिम चरणमा, असार भित्र संचालनमा आउने Read Next

माथिल्लो राहुघाट जलविद्युत् निर्माण अन्तिम चरणमा, असार भित्र संचालनमा आउने