काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था बीच मर्जर सम्झौता भएको छ ।
दुई कम्पनी बीच फागुन १७ गते एक आपसमा मर्ज हुने सम्बन्धी प्रारम्भि प्रारम्भिक सम्झौता भएको हो ।
दुई लघुवित्त कुन सेयर अनुपातमा मर्ज हुने भन्ने बारेमा केही खुलाइएको छैन ।
मर्ज हुन लागेका यी दुई लघुवित्तको सेयर मूल्यमा भने ठूलो अन्तर रहेको छ । बिहीबारको अन्तिम कारोबार मूल्यका अनुसार समाजको सेयर मूल्य प्रतिकित्ता ३५३९ रुपैयाँ र ग्रामीण विकासको ८९१ रुपैयाँ रहेको छ । दुई लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २६४८ रुपैयाँको अन्तर छ ।