एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ऋणपत्र ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र बिक्रीमा ल्याउने भएको छ ।

बैंकले १० वर्षे अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १२ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । बैंकको ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै बिक्री नभएमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा ‘इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ’ डबल ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्दछ।

स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने Read Previous

स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने

तयार भयो बजेट क्यालेण्डर, यसरी लेखिँदै छ १९ खर्बको बजेट Read Next

तयार भयो बजेट क्यालेण्डर, यसरी लेखिँदै छ १९ खर्बको बजेट