स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने

FPO

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कार्यालय समय)देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्रीमा ल्याउने भएको छ ।

लघुवित्तले संस्थापक र साधरण सेयरधनीको सेयर अनुपात मिलाउन एफपीओ जारी गर्न गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

लघुवित्तको एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै कित्ताका लागि आवेदन नपरेमा ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रएनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ । एफपीओ जारीपछि चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

रकम अभावपछि रोकियो अरुण तेस्रोको मुआब्जा वितरण Read Previous

रकम अभावपछि रोकियो अरुण तेस्रोको मुआब्जा वितरण

एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला Read Next

एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला