अब सबै खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्नुपर्ने

काठमाडौं । अब खानेपानी प्रणालीमा ‘क्लोरिनडोजिङ युनिट’ जडान गर्नुपर्ने भएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले आज सबै खानेपानी प्रणाली क्लोरिनेसन प्रक्रिया बिना सञ्चालन गर्न नपाइने निर्णय गरेका हुन् ।

सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजनाअनुसार उक्त निर्णय गरिएको उनले जानकारी दिए। ‘खानेपानी मात्रै भएर हुँदैन, खानेपानी गुणस्तरीय र सुरक्षित पनि हुन जरुरी छ । सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ,’ उनले भने ।

नेपाल सरकारले सन् २०३० भित्र ९९ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सङ्घ, प्रदेश, तथा स्थानीय तहको सहकार्यमा क्लोरिन युनिट प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री यादवले बताए ।

मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यका स्वच्छ खानेपानी वितरणका लागि यो ऐतिहासिक निर्णय भएको बताइन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले शुद्ध खानेपानीको पहुँच बढाउन क्लोरिनेसन प्रक्रिया प्रवेश विन्दु भएको उल्लेख गर्दै यसलाई एउटा अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश घोषणा Read Previous

युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश घोषणा

बिजुलीको महसुल नतिर्ने तुलसीपुरका ८८८ ग्राहको लाइन् काटियो Read Next

बिजुलीको महसुल नतिर्ने तुलसीपुरका ८८८ ग्राहको लाइन् काटियो