युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई करसहति ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न चैत ११ गते १५ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे सुरू हुनेछ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि फागुन २३ गते गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

अलपत्र भक्तपुर-नगरकोट सडक अब नगरपालिका आफैं बनाउने, टेन्डर आह्वान Read Previous

अलपत्र भक्तपुर-नगरकोट सडक अब नगरपालिका आफैं बनाउने, टेन्डर आह्वान

अब सबै खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्नुपर्ने Read Next

अब सबै खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट जडान गर्नुपर्ने