बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ओझासहित दामोदर बसौला र रामशरण पुडासैनीलाई अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । प्रतिस्पर्धीलाई पाखा लगाउँदै ओझा अध्यक्ष बन्न सफल भएका हुन् ।

यससँगै ओझा प्राधिकरणका सबैभन्दा कान्छा अध्यक्ष बनेका छन् । ३३ वर्षिय ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेक अनुभव छ । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री बीच द्विपक्षीय भेटवार्ता Read Previous

परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री बीच द्विपक्षीय भेटवार्ता

दुई बीमा कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

दुई बीमा कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन