दुई बीमा कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई बीमा कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते बुकक्लोज तोकेका छन् । भोलि महाशिवरात्रिका कारण सार्वजनिक बिदा रहेकाले आजसम्म सेयर किन्नेले सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

आइएमई लाइफले गत वर्षको नाफाबाट करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न आइएमईले फागुन २५ गते दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

त्यस्तै, हिमालयन एभरेष्टले गत वर्षको नाफाबाट ८.७५ प्रतिशतका नगद लाभांश (करसहित) घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न हिमालयनले फागुन २७ गते अनमोल ब्याङ्केट, शंखमूल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा बिहान ११ बजे सुरु हुनेछ।

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त Read Previous

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर, ७५ प्रतिशत काम पूरा Read Next

समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर, ७५ प्रतिशत काम पूरा