फागुन २० देखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लावासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । त्यस्तै, वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि १ करोड ४४ लाख रुपैयाँ बराबरको १ लाख ४४ हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका दुवैले चैत ५ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएका ढिलोमा चैत २० गतेसम्म आवेदन थप गरिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङले कम्पनीलाई ‘केयर एपी डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब पुग्यो Read Previous

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब पुग्यो

बढ्न थाल्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारले पायो साढे ६२ अर्ब राजस्व Read Next

बढ्न थाल्यो पेट्रोलियम पद्धार्थको खपत, सरकारले पायो साढे ६२ अर्ब राजस्व