सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब पुग्यो

काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

नेपाली सेनाद्वारा आइतबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो ।

त्यसमध्ये बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ रहेको छ । विभिन्न परियोजनामा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिए।

यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ९४ लाख रुपैयाँ र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा १ अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी रहेको जानकारी दिइयो ।

निक्षेपको प्रतिशतमा आएको गिरावटले सेनाका सोवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने सङ्गठनले जनाएको छ ।

फास्ट ट्रयाकको भौतिक प्रगति ३८ प्रतिशत पुग्यो, अझै सुल्झिएन खोकना जग्गा विवाद Read Previous

फास्ट ट्रयाकको भौतिक प्रगति ३८ प्रतिशत पुग्यो, अझै सुल्झिएन खोकना जग्गा विवाद

फागुन २० देखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी Read Next

फागुन २० देखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी