जुम्लाको सबै वडा सडक सञ्जालमा जोडिए

कर्णाली करिडोर अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेस्थित कडा चटटान कटान काटेर बनाइएको एकतर्फी सवारीसाधन सञ्चालन सडक निर्माण ।

जुम्ला । जुम्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका ८ वटै स्थानीय तह ६० वडा मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका हुन् ।

६० वडामध्ये तिला गाउँपालिका-६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका-१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

यहाँका सबै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सञ्चालन हुन थालेका छन् । यसअघि यहाँको सदरमुकाम खलंगा हुँदै कर्णाली राजमार्ग जुम्ला-नाग्म सडकखण्ड र नाग्म-गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए ।

अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

जुम्लामा रहेको नमस्ते हिमचितुवा यातायात प्रालिले यहाँका मुकाम खलंङ्गा हुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ । सोही यातायातले खलङ्गाबाट रारालिहि, रारालिहिबाट मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ ।रासस

फेसबुकमा विरोध गरेपछि दूधकोशी जलविद्युतका सीईओ हटाउन ऊर्जामन्त्रीको निर्देशन Read Previous

फेसबुकमा विरोध गरेपछि दूधकोशी जलविद्युतका सीईओ हटाउन ऊर्जामन्त्रीको निर्देशन

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत