काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार डिप्रोक्स लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्ट्रीलरीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा डिप्रोक्सको ९.५ प्रतिशत (१६ लाख २० हजार ८८७.१३३६ कित्ता) र हिमालयनको १५ प्रतिशत (४० लाख ८ हजार ७८४.९७ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।