नेप्सेमा लगातार चौथो दिन वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन वृद्धि भएको छ । आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साता ४ दिनमा नेप्से ५५ अंकले बढेको छ ।

बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४९ बिन्दुमा पुगेको छ । आज सूचकमा झिनो वृद्धि आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८० करोड रुपैयाँले घटेर ८ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३.७७ प्रतिशतले बढेको छ भने उत्पादनमूलक ०.८४ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आज बाराही हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ८.३५ प्रतिशत गुमाएका छन् ।

कोदालीको फाफर फ्लेक्स, भिगन प्रो र प्यानकेक बजारमा Read Previous

कोदालीको फाफर फ्लेक्स, भिगन प्रो र प्यानकेक बजारमा

मुग्लिन-पोखरा सडकको ७८% काम सकियो, ३४ किमी चार लेन कालोपत्र Read Next

मुग्लिन-पोखरा सडकको ७८% काम सकियो, ३४ किमी चार लेन कालोपत्र