कोदालीको फाफर फ्लेक्स, भिगन प्रो र प्यानकेक बजारमा

काठमाडौं । कोदाली भेन्चर्स प्रालिले स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले फाफर फ्लेक्स, भिगन प्रो, माइ चोइस तथा प्यानकेक नेपाली बजारमा ल्याएको हो ।

कोदाली भेन्चर्स नेपाली महिलाहरूको नेतृत्वमा संचालित एक अग्रणी कम्पनी हो । यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ् दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ।

यी उत्पादनहरूमा कुनै रसायनिक प्रसोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक छन्।

भविष्यमा, कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचान सहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ। यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको छ।

यी हुन् कोदाली भेन्चर्सले बजारमा ल्याएका उत्पादनहरू

फापर फ्लेक्स : यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ। यो कम प्रसोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ।

भिगन प्रो : यो टुसा उमारिएको मूङ्, तिल र जडिबुटिहरूबाट बनेको २५५ प्रोटिन युक्त पीठो हो। यसलाई बारा, सूप, वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ। यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो।

माइ चोइस : यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो। यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ।

प्यानकेक (मिठ्ठो गिले रोटी) : यो अंकुरित अन्नहरू जस्तै जौँ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो। यो रसायन रहित उत्पादन हो र ओमेगा-३ जस्ता पोषक तत्वले भरपूर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ।

लयमा फर्किँदै वैदेशिक व्यापार : माघमा डेढ वर्ष यताकै धेरै आयात, निर्यात ४६% बढ्यो Read Previous

लयमा फर्किँदै वैदेशिक व्यापार : माघमा डेढ वर्ष यताकै धेरै आयात, निर्यात ४६% बढ्यो

नेप्सेमा लगातार चौथो दिन वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण Read Next

नेप्सेमा लगातार चौथो दिन वृद्धि, पुनर्बीमा कम्पनीको सेयरमा उच्च आकर्षण