मेची भन्सारबाट १६ अर्बको वस्तु निर्यात, उठ्यो झण्डै ९ अर्ब राजस्व

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा ९अर्ब ६० करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०/८१ को सोही अवधिमा राजस्व ८ अर्ब ९० करोड ७ लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६.१० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट ५ अर्ब २८ करोड १४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

चालु आवको सात महिनामा १६ अर्ब ४ करोड ४८ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा ९ करोड २२ लाख २९ हजार र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा ८ अर्ब ७५ करोड ६४ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । रासस

प्राधिकरणद्धारा टेलनेट इन्टरनेटको लाइसेन्स खारेज Read Previous

प्राधिकरणद्धारा टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क Read Next

बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क