उखु किसानलाई भुक्तानी दिएपछि महालक्ष्मी सुगर मिल सञ्चालन

सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो ।

 

सञ्चालक कनौडियाले ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए । गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए ।

 

सो मिलले किसानको करीब २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । ‘किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ,’ उनले भने, ‘किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।’

निर्माण स्थल टुङ्गो नलाग्दा कोटेश्वरमा बन्ने आकाशेपुल अन्योलमा Read Previous

निर्माण स्थल टुङ्गो नलाग्दा कोटेश्वरमा बन्ने आकाशेपुल अन्योलमा

जाडोमा यसरी पिउनुस चिया, शरिरलाई फाइदा हुन्छ Read Next

जाडोमा यसरी पिउनुस चिया, शरिरलाई फाइदा हुन्छ