ट्रष्ट माइक्रो इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्ष्मर गरे ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

न्यून आय भएका एवं पीछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाई चैत १२ गतेदेखि बीमा व्यवासाय संचालन गर्दै आएको छ ।

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक सर्वसम्मतिले पारित Read Next

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक सर्वसम्मतिले पारित