नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा ग्लोबल आइएमईको ५.५ प्रतिशत (१ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता) र छिमेक लघुवित्तको ८ प्रतिशत (२३ लाख ८१ हजार ७३७.६८ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री Read Previous

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

ट्रष्ट माइक्रो इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल Read Next

ट्रष्ट माइक्रो इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल