काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।शुक्रबारको तुलनामा आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आज घटेर प्रतितोला १ लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९५५ रुपैयाा निर्धारण गरिएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।