भायानेट बन्यो महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ यही फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक बनेको छ।

मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले फुटबल प्रवर्द्धन गर्नु कम्पनीको सामाजिक उत्तरदायित्व पनि रहेको बताए ।

‘खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टीभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ। हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ, र हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौं। नेपाली टिमलाई अझ उचाइमा पुर्‍याउन हाम्रो निरन्तर साथ रहनेछ,’ उनले भने, ‘फुटबल प्रवर्द्धन गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा हामी गर्व गर्छौं। खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौं।’

भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ ।

राजस्व संकलनमा सरकार लक्ष्यभन्दा झण्डै २ खर्ब पछाडि, पूँजीगत खर्च दयनीय Read Previous

राजस्व संकलनमा सरकार लक्ष्यभन्दा झण्डै २ खर्ब पछाडि, पूँजीगत खर्च दयनीय

रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन निर्देशन Read Next

रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन निर्देशन