
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालु आर्थिक वर्ष २०८१ ८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ६७.२१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
पुष मसान्तसम्म कम्पनीले ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ९.६५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
अघिल्लो आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ ।
कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ८९ लाख खर्चिएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ५.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४५.१८ रुपैयाँ, पीई रेसियो १४३.१७ गुणा रहेको छ ।