काठमाडौं । भ्रष्टाचार सूचकांकमा नेपालले झिनो सुधार गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपालले एक स्थान सुधार गरेको हो ।
धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि ३५ अंक सहित १०८ औं स्थानमा थियो । यसपाली नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारमाथि आम धारणा बटुल्ने क्रममा आफै सर्वेक्षण गर्दैन । विभिन्न संस्थाहरुले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका वारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ ।