सन नेपाल लाइफले पायाे तीन अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले एकैपटक तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो ।

बैंककमा आयोजना भएको आइसीसी २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा सन नेपालले उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।

कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ र ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा अवार्ड पाएको हो ।

बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले ग्रहण गरेका थिए।

कम्पनीका अनुसार यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ। यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्ने कम्पनीले विश्वास गरेको छ ।

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत् देशभर जीवन बीमा सेवा प्रदान गरिरहेको छ।

प्रभु बैंकले दुग्ध उत्पादक किसानलाई कर्जा दिने Read Previous

प्रभु बैंकले दुग्ध उत्पादक किसानलाई कर्जा दिने

१२ मन्त्रालयले पाए १ खर्ब स्रोत सहमति, कुनले कति ? Read Next

१२ मन्त्रालयले पाए १ खर्ब स्रोत सहमति, कुनले कति ?