प्रभु बैंकले दुग्ध उत्पादक किसानलाई कर्जा दिने

काठमाडौं । प्रभु बैंक लिमिटेड र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड बीच किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्तक्षर गरे ।

प्रभु बैंकले हाल देशभरका ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंक हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको थियो । त्यस्तै, फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

निर्माण क्षेत्रमा सुधार नआउँदा आर्थिक वृद्धिको लक्ष्य हासिलमा चुनौती देखिएको छ : अर्थमन्त्री Read Previous

निर्माण क्षेत्रमा सुधार नआउँदा आर्थिक वृद्धिको लक्ष्य हासिलमा चुनौती देखिएको छ : अर्थमन्त्री

सन नेपाल लाइफले पायाे तीन अन्तर्राष्ट्रिय अवार्ड Read Next

सन नेपाल लाइफले पायाे तीन अन्तर्राष्ट्रिय अवार्ड