पाथीभरा केबलकार विवाद सम्बन्धी वार्ता ‘भाँडियो’, अब उच्चस्तरीय टोलीसँग मात्र गर्ने

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकारको विवाद समाधन गर्न सरकार र आन्दोलनकारी बीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

आइतबार बसेको सरकार र आन्दोलनरत ‘नो केबलकार समूह’ बीचको बैठक मुख्य विषयवस्तुमा प्रवेश नै नगरी सकिएको हो ।

‘नो केबलकार समूह’ले कर्मचरीसँग नभई उच्च राजनीतिक नेतृत्व वा मन्त्रिस्तरीय टोलीसँग मात्र वार्ता गर्ने अडान लिएपछि आजको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।

आजको बैठक सरकारका तर्फबट गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो । तर आन्दोलनरत पक्षले उच्च राजनीतिक संयन्त्र वा मन्त्रिस्तरीय टोली खोजेपछि वार्ता रोकिएको हो । आन्दोलनरत पक्षले उच्चस्तरीय वार्ता टोली गर्न सरकारलाई आज बेलुकासम्मको अल्टिमेटम समेत दिएको छ । नत्र दोस्रोचरणको आन्दोलन घोषणा गर्ने उनीहरूको भनाइ छ ।

यसअघि माघ २३ गते सरकार र आन्दोलनरत पक्ष बीच ६ बुँदे सहमति भएको थियो । पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको थियो ।

त्यस्तै, सरकारले घोषणा गरेबमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्योपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, पाथीभराको केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको थियो ।

 

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

दुई पटक म्याद थप्दा पनि आधा मात्र सकियो कञ्चनपुर-कमला ४ लेन सडकको काम Read Next

दुई पटक म्याद थप्दा पनि आधा मात्र सकियो कञ्चनपुर-कमला ४ लेन सडकको काम