नेप्सेमा लगातार चौथो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको छ । पछिल्ला ४ कारोबार दिनमा नेप्से ४० अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८५ करोडले घटेर ८ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले बढेको छ भने विकास बैंक समूह १.३५ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीईडीबी होल्डिङ्सको ३० करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज सप्तकोशी डेभपलमेन्ट बैंकका सेयरधनीले भने सर्वाधिक ६.५२ प्रतिशत गुमाएका छन् ।

 

बुद्ध एयरको भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा Read Previous

बुद्ध एयरको भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा

पाथीभरा केबलकार विवाद सम्बन्धी वार्ता 'भाँडियो', अब उच्चस्तरीय टोलीसँग मात्र गर्ने Read Next

पाथीभरा केबलकार विवाद सम्बन्धी वार्ता 'भाँडियो', अब उच्चस्तरीय टोलीसँग मात्र गर्ने