बुद्ध एयरको भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले भ्यालेन्टाइन डे अफर ल्याएको छ । एयरलाइन्सले १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डेलाई थप स्मरणीय मनाउन उक्त अफर ल्याएको हो ।

बुद्ध एयरका अनुसार उक्त अफर अन्तर्गत ग्राहकले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने छन् ।

यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिइने एयरलाइन्सले जनाएको छ । त्यस्तै, उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल, चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भाैचर समेत दिइने बुद्धले जनाएको छ ।

त्यसैगरी, एयरलाइन्सले गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई-ला-बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भाैचर दिनेछ ।

साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट उपलब्ध गराइने एयरलाइन्सले जनाएको छ ।

बनेपामा 'इनडोर सुटिङ स्टुडियो' बनाउन बोलपत्र आह्वान Read Previous

बनेपामा 'इनडोर सुटिङ स्टुडियो' बनाउन बोलपत्र आह्वान

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट