अरुण भ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको खुद नाफामा उछाल आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७३४.९८ प्रतिशतले बढेकोे छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड १० लाख रुपैयाँ धेरै हो । अरुण भ्यालीले गत वर्षको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा अरुणको संचालन आम्दानी बढ्दा र खर्च घट्ना नाफामा उछाल आएको हो । यस अवधिमा कम्पनीको संचालन आम्दानी ३४१.२५ प्रतिशतले बढेर २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.८६ प्रतिशतले घटेर ७ करोड ७३ लाख रुपैयाँमा झरेको छ ।

हाल ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २२ करोड २ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै पनि कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ गुणाले बढेको छ । गत पुसमा २.४९ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष बढेर १०.०९ रुपैयाँ पुगेको छ

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.७२ रुपैयाँ छ ।

सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश घोषणा

सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने Read Next

सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने