पूर्वाधार विकासमा अवरोध नर्गन अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘क्यान इन्फोटेकको ३० औं संस्करणको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

उनले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा बताए । उनले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह गरे ।

सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरू खेदजनक रहेको अध्यक्ष ढकालको भनाइ छ ।

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश Read Previous

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

फूडमाण्डु वानमार्टको सेवा अब ललितपुरमा पनि Read Next

फूडमाण्डु वानमार्टको सेवा अब ललितपुरमा पनि