माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडल काठमाडौंको सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसँगको सहकार्यमा उक्त वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरूका साथै क्याम्पसका कर्मचारीहरू तथा शिक्षक वर्गलाई सेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि तलसम्मै समन्वयमा जोड Read Previous

राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि तलसम्मै समन्वयमा जोड

रविलाई न्यायिक हिरासतमा राख्न आदेश Read Next

रविलाई न्यायिक हिरासतमा राख्न आदेश