रविलाई न्यायिक हिरासतमा राख्न आदेश

काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई भोलि १० बजे उपस्थित गराउनेगरी प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

लामिछाने विरुद्ध मंगलबार चितवनको साहारा सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा मुद्दा दर्ता भएको थियो । आज उक्त मुद्दाको बहस नसकिएकाले उनलाई अदालतले प्रहरी हिरासतमा पठाएको हो ।

आज सरकारी वलिकका तर्फबाट ५ जना वकिलले र लामिछानेका तर्फबाट एक जनाले बहस गरेका छन् । अब लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्न बाँकी रहेको बताइएकाे छ ।

माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read Previous

माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन Read Next

चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन