काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि मूल्य आकाशिएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ ।