वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको विदेशियो

वीरगञ्ज । वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको ५ करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ ।

गत आवको ६ महिनाको अवधिमा भने ३ करोड ११ लाख रुपैयाँको १ लाख १ हजार ३०१ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनले जानकारी दिए ।

‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ,’ सूचना अधिकारी तिवारीले भने ।

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँको २ करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

गत आवको सोही अवधिमा भने ९ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।

अब विदेशबाट पनि श्रम स्वीकृति Read Previous

अब विदेशबाट पनि श्रम स्वीकृति

समता घरेलु लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

समता घरेलु लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन