समता घरेलु लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (माघ २४ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउने छन् ।

लघुवित्तले गत आवको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले फागुन ११ गते ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा होटल मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा साढे ११ बजे सुरु हुनेछ ।

वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको विदेशियो Read Previous

वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको विदेशियो

सीवाइसी लघुवित्तको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा कति ? Read Next

सीवाइसी लघुवित्तको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा कति ?