टेलिकममा सर्वसधारणको सेयर स्वामित्व २५ प्रतिशत पुर्याइने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वार्षिकोत्सव समारोह काठमाडौँ, २२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याललगायत मङ्गलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २१औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमका सर्वसाधरणको सेयर स्वामित्व २५ प्रतिशत पुर्याइने बताएका छन् ।

सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोह बोल्दै उनले सरकारले सार्वजनिक संस्थाहरू सुधार हुन नसकेकाले अब नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरूमा सर्वसाधरणको सेयर स्वामित्व २५ प्रतिशत पुर्याइने बताएका हुन् ।

हाल नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधरणको ८ प्रतिशत मात्रै स्वामित्व रहेको छ । अब टेलिकममा कम्तीमा पनि २५ प्रतिशत सर्वसाधरणको सेयर पुर्याउन आवश्यक रहेको बताए ।

उनले सरकारी संस्था भनेपछि हेर्ने दृष्टिकोण समेत फरक रहेकाले सर्वसाधरणको समेत भनेपछि जनताले आफ्नो पनि अपनत्व अनुभूत गर्ने उनले बताए । सर्वसाधरणको स्वात्वि धेरै हुँदा व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशील भएर पारदर्शीता कायम गर्नु पर्ने चेत आउने उनको भनाइ छ ।

उनले नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको बताए। उनले टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्ने समय आएको बताए। नेपाल टेलिकमले कार्य क्षेत्र,सेवाको क्षेत्र बिस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने धारणा राखे। उनले टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको बताए ।

अ‍ेमेरिकी सामानमा चीनले पनि लगायो १५ प्रतिशतसम्म कर Read Previous

अ‍ेमेरिकी सामानमा चीनले पनि लगायो १५ प्रतिशतसम्म कर

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय Read Next

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय