
काठमाडौं । सरकारले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा उपभोक्ता सरोकार सम्बन्धी मुद्दाहरू हेर्नेगरी उक्त अदालत गर्ने निर्णय गरेको हो ।
उक्त अदालतले काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्नेछ । उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उपभोक्ता अदालतले हाललाई तीनवटा मुद्दा हेर्नेछ । उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिको मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका अरु मुद्दा उपभोक्ता अदालतले हेर्नेछ ।
उक्त अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मी रहनेछन् ।