अब नेपाल टेलिकमको ई-सिम एप र वेबसाइटबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकमको ई-सिम अब एप र वेबसाइटबाटै लिन सकिने भएको छ । टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर आजदेखि आफ्ना ग्राहकलाई उक्त सुविधा दिएको हो ।

यसअघि ई सिम लिन टेलिकम कार्यालयमै जानुपर्ने बाध्यता थियो । अब भने ग्राहकहरूले नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै ई-सिम लिन सक्नेछन् ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यद्यपि, ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भने आवश्यक हुन्छ ।

साथै, टेलिकमले आजैबाट भोवाईफाई सेवाको व्यावसायिक सुरुवात पनि गरेको छ । यस प्रविधिमार्फत यस प्रविधि भोवाईफाई सपोर्ट गर्ने र भोल्ट सेवा सुरुवात गरिएका जुनसुकै मोबाइल फोनबाट देश तथा बाहिरबाट पनि वाईफाई नेटवर्कमार्फत् टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस प्रयोग गर्न सकिनेछ ।

 

आम्दानी घटेपछि टेलिकम कम्पनीले घटाए पूर्वाधारमा लगानी, १० प्रतिशतमा सीमित Read Previous

आम्दानी घटेपछि टेलिकम कम्पनीले घटाए पूर्वाधारमा लगानी, १० प्रतिशतमा सीमित

नेप्से सूचक र कारोबार दुवै घट्यो, ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट Read Next

नेप्से सूचक र कारोबार दुवै घट्यो, ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट