
काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । यस साता अघिल्ला दुई दिनमा ७२ अंबले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो
मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै ३ अर्बले घटेर ८ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र अन्य बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले घटेको छ ।
आज पनि एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।
आज जोशी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.९८ प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।