
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५.५७ प्रतिशतले बढेको हो ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २ करोड ७७ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म जीवन विकासले १७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा खुद नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, पुससम्म लघुवित्तको संचालन नाफा १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तले ११ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ४१ करोड र रिटेन्ड अर्निङमा साढे ७२ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा प्रतिसेयर ५३.९१ रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६.३८ रुपैयाँबाट बढेर ३०.४९ रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा भने २.९० प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ । जीवन विकासको प्रतिसेयर नेटवर्थ २५८.८ रुपैयाँ छ ।