रौतहटको सन्तपुरमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका –५, सन्तपुर दोस्तियामा १०३ औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ।

 

फतुवा विजयपुर नगरपालिकाकी उप-मेयर श्रीमती कान्ती देवी महतोबाट सो शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन भएको थियो। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

 

बैंकले हाल देशभरका ८५ वटा शाखा, ८५ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

‘न्यू बुटवल’ विद्युत् हवको निर्माण अन्तिम चरणमा Read Previous

‘न्यू बुटवल’ विद्युत् हवको निर्माण अन्तिम चरणमा

मर्जरपछि ग्लोबल र जनतामध्ये कुन बैंकका सेयरधनीलाई फाइदा, यस्तो छ नयाँ मूल्य Read Next

मर्जरपछि ग्लोबल र जनतामध्ये कुन बैंकका सेयरधनीलाई फाइदा, यस्तो छ नयाँ मूल्य