नेपालगञ्जमा खुल्यो अशोक लेल्याण्डको नयाँ रिटेल पार्ट्स आउटलेट

काठमाडौं । अशोक लेल्याण्डले नेपालगञ्जमा नयाँ रिटेल पार्ट्स आउटलेट संचालनमा ल्याएको छ ।

शुक्रबार अशोक लेल्याण्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्तसंयुक्त रुपमा नेपालगञ्जको भुजैगाउँमामा ‘जेके पार्ट्स’ उद्घाटन गरेका हुन् ।

कम्पनीका अनुसार उक्त बिक्री केन्द्र मार्फत अशोक लेल्याण्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान-स्टप सोलुसन उपलब्ध हुनेछ ।

नयाँ आउटलेटमा अशोक लेल्याण्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पूरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिज उपलब्ध हुनेछन् ।

अशोक लेल्याण्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहुले नयाँ आउटलेटले ग्राहकलाई अझै सहज सेवा प्रदान गर्ने बताए । ‘रिटेल पार्ट्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराउन सहयोग गर्नुका साथै आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ,’ उनले ।

त्यसैगरी, अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले आगामी दिनमा जेन्युइन पार्ट्स उपलब्ध गराएर सेवाको गुणस्तर अझै वृद्धि गर्ने बताए ।

‘आइएमई मोटर्सले ग्राहकलाई सधैं उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ,’ उनले भने ।

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा 'धेरै दुर्घटना', ३२ जनाले गुमाए ज्यान Read Previous

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा 'धेरै दुर्घटना', ३२ जनाले गुमाए ज्यान

क्रिप्टो कारोबार मार्फत ३ अर्ब बढी ठगी, ७ जना पक्राउ Read Next

क्रिप्टो कारोबार मार्फत ३ अर्ब बढी ठगी, ७ जना पक्राउ