क्रिप्टो कारोबार मार्फत ३ अर्ब बढी ठगी, ७ जना पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सी र डिजिटल माध्यमबाट ३ अर्ब रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ परेका ७ जनालाई शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा दोलखाको भीमेश्वर नगरपालिका-४ का १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका-९ का २२ वर्षीय सत्यमकुमार सहनी, कैलालीको बर्दगोरिया गाउँपालिका-६ का २२ वर्षीय माइकल डंगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठ-८ का पियुष श्रेष्ठ, भारतको बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमार छन् ।

उनीहरूको साथबाट १३ थान मोबाइल, कम्युटरको सीपीयु २ थान, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरू १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट अनुसार उनीहरूले हालसम्म ३ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको भेटिएको छ ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालित गरेर क्रिप्टोको कारोबार गर्ने, बैंक तथा डिजिटल वालेट मार्फत अनधिकृत ठगी गरेको, सामाजिक सञ्जालमा विज्ञापन समेत गरेर लिंकहरू पठाइ साइबर फिसिङ गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

नेपालगञ्जमा खुल्यो अशोक लेल्याण्डको नयाँ रिटेल पार्ट्स आउटलेट Read Previous

नेपालगञ्जमा खुल्यो अशोक लेल्याण्डको नयाँ रिटेल पार्ट्स आउटलेट

मर्स्याङ्दी जलविद्युत्मा जुट्यो लगानी, ४ बैंकले साढे १० अर्ब लगानी गर्ने Read Next

मर्स्याङ्दी जलविद्युत्मा जुट्यो लगानी, ४ बैंकले साढे १० अर्ब लगानी गर्ने