हकप्रद सेयर बिक्री गर्न सिटी होटलले नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि प्रभु क्यापिटलालाई सेयर बिक्री प्रबन्धकमा नियुत्तः गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

होटल संचालक समितिको मंसिर १४ गते बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले बैंकको ऋण तिर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

प्रस्तावित हकप्रद सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित र धितोपत्र बोर्डको स्वीकृतिपछि जारी हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ करोड ६७ लाख ४० हजार रुपैयाँ छ ।

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

'चार्टर्ड एकाउन्टेन्ट ठिक भए वित्तीय सुशासन आफैं सही ठाउँमा आउँछ' Read Next

'चार्टर्ड एकाउन्टेन्ट ठिक भए वित्तीय सुशासन आफैं सही ठाउँमा आउँछ'