तनहुँ जलविद्युत् आयोजनाका १०१ प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल ।

दमौली । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका-१ का ९८ र व्यास नगरपालिका-५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा १०१ परिवारलाई रकम प्रदान गरिएको हो ।

क्षतिपूर्ति रकम अधिकतम ३ लाख रुपैयाँ र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए ।

आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजनाप्रमुख भण्डारीले भने, ‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ ।’

सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढ्यो Read Previous

सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढ्यो

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?